काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस सकेका छन् ।
गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनःप्राप्तिका लागि नागरिकता नियमावलीले तोकेको कार्यविधि पालना नगरेको स्वीकार गरेको छ । तर कार्यविधि पालना नगरेकै आधारमा गैर नागरिक हुने अवस्था नभएको उसको तर्क छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सांसद पद खारेज गर्नुपर्ने माग गर्दै परेको रिटमा बुधबारदेखि संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
लामिछानेले अमेरिकी नागरिक परित्याग गरेको सूचना दिएर नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नचालेको र पुरानै नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दिएकाले सांसद पद खारेज हुनुपर्ने रिट निवेदकहरुको तर्क छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भने लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन निवेदन दिनुपर्ने सारवान व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।
‘कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक हुने अवस्था हुँदैन,’ उनले भनेका छन्, ‘नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले नागरिकता विहीनताको परिकल्पना गरेको छैन । निवेदकहरुले रवि लामिछाने नेपालको नागरिक होइनन् भन्नुभएको अवस्था छैन ।’
संविधान र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले गैर नेपाली नागरिक मात्र उम्मेदवार हुन योग्य नहुने भनेको तथा संविधानको धारा ११ (१) मा नेपालको नागरिकता प्राप्त गरेको र प्राप्त गर्न योग्य व्यक्ति नेपाली नागरिक हुनेछन् । व्यवस्था भएकाले लामिछाने प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन योग्य रहेको सरकारी वकिलको जिकिर छ ।
लामिछानेको नागरिकता र पासपोर्टसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा रिट निवेदकका तर्फबाट बहस क्रममा अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६ औं दिनमा लामिछानेले नेपालको पासपोर्ट लिएको खुलेको छ ।
सर्वोच्चमा आजदेखि भएको सुनुवाईमा रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्णले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको हुनाले उनले दल खोल्न र सांसद हुन नपाउने तर्क गरेका थिए । अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६ औं दिनमा लामिछानेले नेपालको पासपोर्ट लिएको खुलेको छ ।
अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६ औं दिनमा लामिछानेले नेपालको पासपोर्ट लिएको खुलेको छ । तर उनले पछिमात्रै अमेरिकाको पासपोर्ट त्यागेका थिए । लामिछानेले २०७५ जेठ ५ मा नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर नागरिकता त्याग्न लाग्ने दस्तुर बुझाएका थिए ।
त्यसपछिमात्रै उनले अमेरिकी नागरिकता र पासपोर्ट त्याग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्