काठमाडौं– मंगलबार नयाँ बानेश्वरको संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको २५ बुँदे माग पूरा गर्न माग गर्दै माइतीघरमा युवाहरूले प्रद्धर्शन गरेका छन्।
आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीया आचार्यको बुधबार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारविरुद्ध प्रद्धर्शन गरेका छन।
विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा लामो ‘सुसाइट नोट’ लेखी आत्मदाह गरेका ती युवालाई न्याय मिल्नुपर्ने माग गर्दै युवाहरूले प्रद्धर्शन गरेका हुन्।
लेखक, पत्रकार, विद्यार्थीलगायत विभिन्न पेशामा आवद्ध रहेका युवाहरू सहभागी रहेको सो प्रद्धर्शनमा ‘यो देश हो कि वदशालारु, अर्को जल्दो शरीर मेरो नहोस्, अद्यमशील नेपाल नेपाल नारा मात्रै होरु प्रेमप्रासद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकाररु यो आत्महत्या होइन हत्या होरु ठुला व्यापारि कस्को आश्रयमारु स्व।आचार्यका २५ बुँदे माग पूरा गर’ लगायतका पम्प्लेट बोकेका छन् ।


प्रतिक्रिया दिनुहोस्