न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्री गरेको भन्दै ६ वटा उद्योगविरुद्ध मुद्दा दायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ माघ २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं–
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएको भन्दै ६ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । उनका अनुसार विराटनगरस्थित कार्यालयको प्रयोगशालामा उद्योगहरूबाट उत्पादित खाद्य वस्तुको नमूना संकलन र परीक्षण गरिएको थियो ।
मोरङका उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जानकारी दिएका छन् । ल्याव परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टि भएपछि ती उद्योगविरुद्ध मुद्दा दायर गरिएको हो ।
खाद्यले विराटनगर १९ स्थित शिखर अर्गनाइजेशन लिमिटेडबाट उत्पादन हुने मकै न्यून गुणस्तरको पुष्टि भएपछि ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ जिल्ला अदालातमा मुद्दा दायर भएको छ ।

 चौपायको आहार उत्पादन गर्ने मोरङ बूढीगंगा गाउँपालिका २ टंकिसिनुवारीस्थित नेपाल बलहोप एग्री टेक प्रालिले दूषित दाना पदार्थ उत्पादन गरी बिक्री गरेको छ ।  प्रालिलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा १ महिनादेपखि १ वर्षसम्मको कैद सजायको माग दाबीसहित जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर गरेको हो ।

 प्रषोधित पिउने पानीमा लेबल नभएको फेला परेका कारण विराटनगर १३ स्थित रुपसान प्रशोधित खानेपानी उद्योगविरुद्ध ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म वा दुवै सजायको माग दाबी राखेर मोरङ अदालातमा मुद्दा दायर गरिएको छ ।

टोमेटो केचप उत्पादन गर्ने बूढीगंगाको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्स प्रालिले न्यून गुणस्तरको खाद्य बस्तु उत्पादन गरी बजारमा बिक्रीको लागि पठाउने गरेको अध्ययन अनुगमनबाट पत्ता लागेको थियो । सो प्रालिलाई ५० हजार रुपैयाँसम्म जरिवना वा पाँच वर्षसम्मको कैद सजायको माग दाबी गर्दै मोरङ अदालातमा मुद्दा दायर गरिएको खाद्य कार्यालयले जनाएको छ । ती सबै मुद्दा अदालतमै विचाराधीन अवस्थामा रहेका छन् ।

चालू आर्थिक वर्षमा एक दर्जन उद्योगले उत्पादन गरेको खाद्यबस्तु कम गुणस्तरको भेटिएपछि अनुसन्धान सुरु गरिएको कार्यालले बताएको छ । यसै क्रममा कार्यालयले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति विवरण पनि सार्वजनिक गरेको छ ।
सो विवरण अनुसार १४७ वटा उद्योगहरुमा अनुगमन गरेको जानकारी दिएको छ । जसमा खाद्य, दाना, उद्योगको अनुज्ञापत्र जारी, नवीकरण र उद्योग सिफारिस गरी यस अवधिमा कूल ४ सय ६ वटा संख्यामा काम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array