कर्णाली र बागमती प्रदेश सरकारले आज पूर्णता पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ माघ २०७९, बुधबार
2 Min Read
Aa

काठमाठौं–
कर्णाली प्रदेश र बागमती प्रदेश सरकारले बुधबार आज पूर्णता पाउने भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको थियो
क्त बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको छ । गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय घटाउने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए । प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो । सोही अनुसार मन्त्रिपरिषद्को बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो ।
कर्णालीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेशमा नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ ।
सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ भने नेकपा एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको छ ।
यसैबीच मन्त्रालयको टुंगो लागेसँगै कुन दलबाट को मन्त्री बन्ने भन्ने विषयमा चर्चा हुन थालेको छ । २७ पुषमा नियुक्त भएका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ सहित एमालेको तर्फबाट विनोदकुमार शाह र माओवादीको तर्फबाट मंगलबहादुर शाहीले २८ पुषमा पद तथा गोपनीयताको शपथ लिएका थिए । १० औं दिनमा प्रदेश सभामार्फत विश्वासको मत लिएका शर्मा बुधबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा लागेका छन् ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्