आजको मौसम: पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाठौं–

मौसम विश्लेषण

हाल देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको  मौसम तथा पूर्वाअनुमान महाशाखाले विहान प्रकासन गरेको बुलेटिनमा उल्लेख छ।
छ।

हाल मौसमको अवस्था
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसोː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː लुम्बिनी प्रदेश , गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

Array