एक युवकद्वारा संसद् भवनअगाडि आत्मदाहको प्रयास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ– काठमाडौँ नयाँ बानेश्वरको संघीय संसद भवनको मुख्य प्रवेशद्वारको विपरीत दिशाको अगाडि एक युवकले मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका छन्।
एक युवकले एसिडजस्तो तरल पदार्थमा आगो लगाई आगो भित्र छिरेको प्रत्यक्षदर्शीले बताए । उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ।

उनको शरीरको धेरै भाग जलेको तथा उनलाई ट्याक्सीमा राखेर कीर्तिपुर अस्पताल लगिएको घटनास्थलमा रहेका एक प्रहरीले बताए । अवस्था गम्भिर रहेको प्रत्यकक्षदशिले बताएका छन् । किन त्यसो गरे भन्ने कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array