सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँको वृद्धिसँगै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसअघि २५ फागुन २०७८ को रेकर्ड तोडेको हो । सो दिन सुनको प्रतितोला उच्चतम मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको प्रतितोला मूल्य भने १ लाख ५ हजार ८ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले वृद्धि भएर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: