स्पट फिक्सिङमा ५ खेलाडी र ५ जना अफिसियल संलग्न रहेको खुलासा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा दुई जना खेलाडी पक्राउ गर्नुका साथै ५ जना खेलाडी स्पष्ट फिक्सिङमा संलग्न रहेको खुलेको छ ।  राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन् । प्रहरीको प्रारम्भिक छानबिनबाट अन्सारी र आलम सहित ५ जना खेलाडी स्पष्ट फिक्सिङमा संलग्न रहेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतका अनुसार फिक्सिङमा ५ जना अफिसियलको संलग्नता देखिएको छ ।
टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक जतिन अहलुवालिया सहित ५ अफिसिलयको संलग्नता देखिएको ति अधिकृतले बताएका छन् ।
लिग सकिएकोले विदेशी खेलाडी नेपालमा नभएपनि स्पट फिक्सिङमा उनीहरु पनि संलग्नता देखिएको छ । स्पट फिक्सिङबारे जानकारी गराउन केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन आयोजना गरेको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराइने केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: