गोलकिपर विशाल दोस्रो खेलाडीको रुपमा फ्रेन्ड्समा अनुबन्धित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग क्लब फ्रेन्ड्समा गोलकिपर विशाल सुनार अनुबन्धित भएका छन् । फ्रेन्ड्सले सामाजिक संजालबाट गोलकिपर विशाललाई अनुबन्ध गरिएको जनाएको छ । फ्रेन्ड्सले नयाँ सिजनको ए डिभिजन लिगका लागि विशाललाई दोस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको जानकारी दिएको छ ।
यस अघि फ्रेन्ड्सले फरवार्ड राजेश परियारलाई अनुबन्ध गरेको थिए । विशालले अघिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए ।

नयाँ सिजनको ुएु डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: