कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोगमा राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको छ । राष्ट्रपतिमा उम्मेदवारी दिने निणर्य गरेको कांग्रेस नेताहरुले बताए । राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय भयो भएको समेत बताएका छन् ।
कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । महतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएको भनेर आफूले नभनेको पनि बताएका छन् । यसको खण्डन गरिसकेको पनि उनले बताए । राष्ट्रपतिको निर्वाचनमा समर्थन जुटाउन लाग्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array