साउदी प्रो लिग फुटबल: रोनाल्डोको पहिलो खेलमा अल नसर विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – विश्व फुटबलका स्टार पोर्चुगिच फुटबलर क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर विजयी भएको हो । साउदी प्रो लिग फुटबल अन्तर्गतको यो खेलमा रोनाल्डो पहिलो पटक मैदान उत्रिएका हुन् ।

आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३१ औं मिनेटमा टालिस्काले निर्णयक गोल गरे ।

पहिलो खेलमा रोनाल्डोले भने गोल गर्न सकेनन् । जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ । नसर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array