राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढ्यो: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गरेका छन् ।

आइतबार टुँडिखेलमा खायोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन ।

‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ,’ प्रचण्डले भने ।

विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको समेत उनको भनाइ छ ।

‘एकातिर सामन्ती एकात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैँ जारी छ भने अर्कोतिर वैदेशिक सांस्कृतिक हस्तक्षेपका कारणले पनि हामी नयाँ परिस्थितिमा छौँ,’ प्रचण्डले भने ।

नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array