काठमाडौँ – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले जग्गा नापजाँचको कार्यलाई तीव्रता दिएको छ ।
नगरमा अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूको जग्गा नापजाँचको काम सुरु गरिएको हो ।
नगरको वडा नम्बर ३ को चित्रपुर चोकदेखि जग्गा नापजाँचको काम सुरु गरिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताएका छन् । मेयर ओझाका अनुसार एक महिनाभित्रै जग्गा नापजाँच गरिसक्ने नगरको योजना छ ।
नगरपालिकाको भूमि एकाइमार्फत हाल वडा नम्बर १, २, ४ र ९ मा नयाँ नापी र वडा नम्बर ७ र ८ मा अधुरा अपूरा (सेतो पुर्जावाला) जग्गा नाप जाँचको काम भइरहेको ओझाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्