दुई स्वतन्त्र प्रदेश सांसद जसपामा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – स्वतन्त्रबाट मधेश प्रदेशको प्रदेशसभा सदस्यमा चुनाव जितेका सुरिता साह र प्रमोद जयसवाल जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । आज बालकुमारीस्थित पार्टी कार्यालयमा उनीहरु पार्टी प्रवेश गरेका हुन् । महोत्तरी क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित नेतृ साहलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् ।

उनी यसअघि लोकतान्त्रिक समाजवादी पार्टीमा थिइन् । तर चुनावको समयमा पार्टीले उनलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेकी थिइन् । प्रमोद जयसवाल पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट चुनाव जितेका हुन् । पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

Array