शेखर समुहको प्रश्न: संसदीय दलमा हाम्रो उम्मेदवारले समूहकै मत किन पाएनन् ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसको शेखर कोइराला पक्षको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजेका छन् ।

संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।

- Advertisement -
Ad image
बैठकमा सहभागी भएका एक नेताले प्रश्न गरे, ‘टिममा भोट त आउनुपर्ने हो । कि टिम भन्दै हिँड्नु भएन । टिमको नेता क्लियर हुनुपर्छ । अन्तिम समयसम्म हाम्रो टिमको उम्मेदवार किन चयन गर्न सकेनौँ ?

उक्त चुनावमा उम्मेदवार भएका पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले आफ्नो समूहका सांसदभन्दा कम मत पाएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्