इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सीको बराबरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – लिभरपुल र चेल्सीले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

एनफिल्डमा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिन पुग्यो ।

खेलको तेस्रो मिनेटमा नै काई हाभर्टजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा चेल्सीले अग्रता लिन सकेन । उक्त गोलको मुभमा भिएआरले अफसाइड देखाएको थियो ।

यसै खेलमार्फत युवा मिडफिल्डर मिखाइदो मुड्रिकले चेल्सीसँगै प्रिमियर लिगमा डेब्यु गरेका छन् । २२ वर्षीय विंगर फरवार्ड गत साता युक्रेनी क्लब साख्तर डोनेस्कबाट चेल्सीमा अनुबन्धित भएका थिए ।

यस बराबरीसँगै लिभरपुल १९ खेलबाट २९ अंक जोडेर आठौं स्थानमा यथावत रहँदा चेल्सी २० खेलबाट २९ अंक जोडेरै १०औं स्थानमा रहेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array