प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ: शेखर कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन् ।

संस्थापनइतर समूहको जारी बैठकमा कोइरालाले बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आइपरेको बताए ।

- Advertisement -
Ad image
उनले भने, ‘हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौँ । मैले कार्यसम्पादनमा तटस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ भएन । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिन हुन्थेन । ’

बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति(उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्