अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या एक सय चार पुगेको छ।

तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ।

- Advertisement -
Ad image
शीतलहरका कारण करिब ७० हजार पशु पनि मरेका बीबीसीले जनाएको छ। तालिवान सरकारका प्रवक्ताले एक महिनामा झण्डै ४० हजार परिवारलाई खानपिनको व्यवस्था गरेको र केही राहत पनि दिएको दाबी गरेको छ।

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा बढ्दो चिसोका कारण बढिरहेको मानवीय सङ्कटको बारेमा चिन्तासमेत व्यक्त गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्