भोलिसम्ममा सरकारमा बस्ने-नबस्ने निर्णय हुन्छ: अम्बदुल खान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – जनमत पार्टीबाट खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अम्बदुल खानले भोलिसम्म मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने चेतावनी दिएका छन् ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै खानले आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी स्वीकार नगरेको बताएका छन् । उनले विकल्पमा छलफल भइरहेको भन्दै आइतवारसम्मको आश्वासन पाएकाले त्यसपछि मात्र के गर्ने भन्ने टुंगो लाग्ने बताएका छन् ।

- Advertisement -
Ad imageAd image

मन्त्री खानले विभिन्न विकल्पमा छलफल भइरहेको बताए । जनमत पार्टीले उद्योग वाणिज्य आपूर्ति वा कृषि मन्त्रालय माग गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्