टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ।

लिगमा स्पट फिक्सिङ भएको भन्ने खबर पाएपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो।

- Advertisement -
Ad imageAd image
डिएसपीको नेतृत्वमा भइरहेको अनुसन्धानले स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी प्रवक्ता एवं एसपी सञ्जय सिंह थापाले जानकारी दिए। 

यस्तै सोमबार यसबारे प्रतिवेदन सार्वजनिक गर्ने तयारी समेत रहेको उनले बताए।

यसमा केही व्यवस्थापकीय भूमिकामा रहेका अधिकारीहरू, केही खेलाडीहरू र अन्य केही व्यक्तिको संलग्नता देखिएको उनले बताए। यद्यपि यकिन कुरा सार्वजनिक भएपछि मात्रै भन्ने बताए।

पुस २८ गते सकिएको लिग सुरु देखिनै विवादित थियो। लिगमा स्पट फिक्सिङको आशङ्का भएपछि सिआइबीको अनुसन्धान गरेको थियो। अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडी समेतको संलग्नता हुनसक्ने बताएको छ। यसबारे सिआइबीले अहिले सार्वजनिक गरेको छैन।

नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो।

पटक-पटक सरेको लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट छ। यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो। ब्राउजरमा वान एक्स ब्याट डटकम हान्दा सिधै वान एक्स बेटिङ खुल्ने भएकाले बेटिङ र स्पट फिक्सिङको आशङ्का भएको थियो।

यस्तै लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत पुगेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्