प्रधानमन्त्री प्रचण्डले सचिवालयमा गरे कर्मचारी नियुक्ति, को–को परे ? (सूचीसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् । गत बिहीबार प्रधानमन्त्री प्रचण्डले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त गरिएको छ । यस्तै प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुंगाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई राखिएको छ ।

- Advertisement -
Ad imageAd image

प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञ लगायत क्षेत्रमा कसैलाई नियूक्त नगरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले  बताए ।

‘अहिले प्रधानमन्त्री ज्यूको सचिवालयमा सात जनालाई नियुक्त गरिएको छ । अरु आवश्यकता अनुसार कर्मचारी नियुक्त हुन सक्छन्’ ती सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूको आवश्यकतामा थप घट गर्न सक्नुहुन्छ । अहिले थप्ने÷नथप्नेबारे थाहा छैन ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्