सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुख घिमिरेको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदबहाली गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदबहाली गरेका हुन् । पदबहाली गर्दै सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने पहिलो निर्णय गरेका छन् ।

घिमिरेले आज राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपती विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनी मध्यान्ह १२ बजे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गरेका थिए । त्यसपछि साढे १२ बजे पदबहाली गरेका थिए ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट सत्ता गठबन्धनको सहयोगमा सभामुख पदमा विजयी भएका हुन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट उमेदवार बन्दै झापा क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: