नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान चन्द्रगढीमा अवतरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

- Advertisement -
Ad image
बिहान काठमाडौँमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौँ विमानस्थलले जनाएको छ ।

उक्त विमान काठमाडौँ आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौँ फर्काइने काठमाडौँ विमानस्थल कार्यालयले जनाएको छ ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्