नेपालमा पहिलो पटक बहुराष्ट्रिय कम्पनीको सहभागीतामा कृषि प्रदर्शनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं– नेपालमा पहिलो पटक दर्जन भन्दा बढि बहुराष्ट्रिय कम्पनीहरु सहभागी भएको कृषि प्रदर्शनी सुरु भएको छ । दक्षिण एसियामै पहिलो पटक भएको यो प्रदर्शनीका लागि श्रीलंकाबाट मन्त्री समेत सहभागी भएका छन् । भारत र भुटानबाट पनि मेलामा सहभागि हुन सचिवहरु आएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं शिवशक्ति समूहका प्रवन्ध निर्देशक सन्दीप अग्रवालले कृषि क्षेत्रमा लगानी र प्रविधि हस्तान्तरण चाहिएका बेला बहुराष्ट्रिय कम्पनी नै सामेल भएको प्रदर्शनीले ठूलो सहयोग पुग्ने बताइएको छ ।

सोल्टी होटलमा शुक्रबारसम्म हुने प्रदर्शनीमा दक्षिण एसिया, खाडी लगायत १२ देशका कृषिजन्य उत्पादन व्यवसायमा आबद्ध व्यवसायिक कम्पनी सहभागी छन्। सम्मेलनमा विश्वकै सबैभन्दा ठूलो चिनी उत्पादक रेनुका सुगर पनि सहभागी छ। यो कम्पनीका निर्देशक रवि गुप्ता सहभागी हुन आएका छन्।
रेनुका भारतमा चिनी उत्पादन गर्ने अग्रणी उत्पादक र विश्वको सबैभन्दा ठूलो चिनी रिफाइनरीमध्ये एक हो। कम्पनीले भारतमा सात एकीकृत चिनी मिल र दुई बन्दरगाहमा आधारित रिफाइनरीहरू सञ्चालन गर्दछ।

- Advertisement -
Ad imageAd image

यस बाहेक भारतको पुणेमा रहेको इन्डेन्टिङ हाउस जीएलभी एग्रो पनि सम्मेलनमा सहभागी भएको छ। एमइआइआर कमोडिटिज, एग्रिवाच, सीटीसी ग्रुप भारत, ज्ञानम् इम्पोर्ट ग्रुप अफ श्रीलंका, एसियन पाम आयल लगायत सहभागी छन्।

दुवई मल्टी कमोडिटिज सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमद विन सुलेयमले दक्षिण एसियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताए । कृषि बजार विस्तारका लागि ब्लकचेन लगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने उनले बताए।
उद्योग सचिव तोयानारायण ज्ञवालीले सम्मेलनले निर्यात एवं लगानी विस्तारमा सघाउने बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्