काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमलाई उपसभामुख बनाउने भएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको जानकारी दिएको छ ।
रास्वपालाई उमसभामुख बनाउने तयारी भएको तर कसलाई बनाउने भन्ने विषयमा पात्र टुंगो लागाउन बाकि रहेको रास्वपाका एक नेताले बताए । कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो रहेको छ । शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरिएको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् ।
सत्ता साझेदार दलबाट सोविता गौतम उपसभामुखको उम्मेदवार

प्रतिक्रिया दिनुहोस्