लुम्बिनी प्रदेश सभाको मुख्यमन्त्री लीला गिरीले संसदबाट विश्वासको मत पाए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
लुम्बिनी प्रदेश सभाको बिहीबारको बैठकबाट मुख्यमन्त्री लीला गिरीले संसदबाट विश्वासको मत पाएका छन् । संसदमा उपस्थित सांसदमध्ये गिरीलाई ५७ जना सांसदले मत दिएका छन्। यस्तै विपक्षमा २८ मत परेको छ । मतपरिणाम सार्वजनिक गर्दै सभामुख तुलाराम घर्तीमगरले ८७ सांसदमध्ये संसदमा उपस्थित सभामुखबाहेक ८५ सांसदमध्ये ५७ सांसदको मत मुख्यमन्त्रीले पाएको बताए ।

लुम्बिनी प्रदेशमा गत पुस २७ गते एमालेका पोलिटब्युरो सदस्य लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश प्रमुखसमक्ष गिरीले ५८ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस गरेका थिए।  दाबी पेसपछि प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्