सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– प्रतिनिधिसभामा बिहीबार सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत परेको थियो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका हुन् । घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् ।

यता नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि सभामुखमा उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array