डा. सन्दुक रुइतले राज्यसँग गरेको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिन्छः प्रधानमन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा.सन्दुक रुइतले राज्यसँग गरेको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने आज बिहान सामाजिक सञ्जालमार्फत बताए । डा. रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले डा. रुइतलाई बधाई दिँदै राज्यसँग उनले गरेको अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतले प्रतिष्ठित इशा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’

डाक्टर रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्नेबारे नजिकबाट हेरिरहेको बताएका थिए । आँखा उपचारमार्फत उनले मानव सेवामा गरेको योगदानको कदर गर्दै बहाइनले झन्डै १३ करोड पुरस्कार राशिको इशा अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array