ओलीले न्यायपालिकालाई नै निर्देशन दिने व्यवहारबाट सबै जनता झस्किए: सांसद विमलेन्द्र निधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताए । उनले प्रतिनिधिसभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको आरोप लगाए ।
सांसद निधिले भने, ‘संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले नीति निर्देशन दिन मिल्छ र ? हामी झस्केका छौँ। जनता झस्केका छन्। प्रतिनिधिसभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ। बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ। उहाँले यस्तो भन्नुमा संघीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ। हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छौँ। विपक्षीले विश्वासको मत दिँदा खुसी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्त्वरु प्रतिष्पर्धालाई प्रतिशोधको भावनाले हेर्नु हुँदैन।’

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्