लक्ष्मी र आइएमई लघुवित्तको लाभांश सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार दुई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिने लाभांश सार्वजनिक गरेका छन् । लक्ष्मी लघुवित्त र आइएमई लघुवित्तले लाभांश वितरण गर्ने भएका हुन् ।
लक्ष्मी लघुवित्तले चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजारको कुल २० प्रतिशत लाभांश दिने भएको हो। लघुवित्तको माघ ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो लाभांश वितरण गर्ने निर्णय गरेको छ। लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ९२ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

ग्लोबल आइएमई लघुवित्तले लगानीकर्ताहरुलाई चुक्ता पुँजी ५५ करोड २५ लाखको २० प्रतिशतले हुन आउने ११ करोड ५ लाख बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा कम्पनीले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ६ करोड ६३ लाख बराबरको बोनस सेयर वितरण गर्ने छ । यस्तै ८ प्रतिशतले हुन आउने ४ करोड ४२ लाख बराबरको नगद लाभांश पनि वितरण गर्ने छ ।

लघुवित्तको फागुन ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले उक्प्रत लाभांश दर प्रस्ताव गरेको हो। दुबै लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृति भई वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुलाइ वितरण गरिने छ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: