विमानस्थलमा रहेको असुरक्षित इलेभेटर नागरिकको सुरक्षाको लागि भएको भन्दै विज्ञप्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले विमानस्थलमा रहेको असुरक्षित र पासोजस्तो इलेभेटर नागरिकको सुरक्षाको लागि भएको भन्दै विज्ञप्ति निकालेको छ ।
मंगलबार मध्यरात काखे छोरीसहित त्रिभुवन विमानस्थलमा अवतरण गरेकी नायिका उषा रजकले आफूसहित आफ्नो छोरी पासोजस्तो इलेभेटरका कारण दुर्घटनामा परेको उल्लेख गर्दै भिडियो पोस्ट गरेपछि मर्कामा परेका हजारौँ यात्रुहरुले उनीप्रति ऐक्यबद्धता जनाएका थिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटरमा अड्किएर आफू र छोरी लडेपछि नायिका रजकले टिकटकमा पोस्ट गरेको भिडियो भाइरल छ। ट्रली र सुटकेसबीच थिचिएर आफूहरुलाई सानोतिनो चोटपटक लागेको समेत उनले बताएकी छन्।

उक्त इलेभेटरर पासोजस्तो भएको भन्दै त्यसको बचाउ गर्दै नागरिक उड्डयन कार्यालयले विज्ञप्ति प्रकाशित गरेको सामाजिक सञ्जालमा आलोचना भएको छ ।
नागरिकट्रली प्रयोग गर्नेहरुका लागि तीनवटा लिफ्ट राखिएको उल्लेख गरिए पनि ती तीनैवटा लिफ्टले सयौँ यात्रुहरुलाई एकैपटक धान्ननसक्ने देखिन्छ। ट्राभलेटर ट्रली प्रयोग नगर्ने यात्रुहरुका लागि भएको कार्यालयले बताए पनि सयौँ यात्रु ट्रली राखेर सोही ट्राभलेटरमार्फत यात्रा गर्न बाध्य हुन्छन्।

- Advertisement -
Ad image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्