१८ दिनका जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
हाइपोथर्मिया भएका १८ दिनका जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट हुँदा टाउकोमा चोट लागेको छ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ भात्तिगन्जकी उमा मुखियाको १८ दिने नवजात छोरीलाई जीवितै अवस्थामा मृत घोषणा गरेपछि आफन्तले कोसी अस्पताल विराटनगरका चिकित्सक आकाश यादवलाई कुटपिट गरेका हुन् ।
चिकित्सक कुटपिटमा संलग्न तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
घटनामा संलग्न तीनजना मनोज मुखिया, मन्नु मुखिया र नाम नखुलेको अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । नवजात छोरी अचानक बिरामी भएपछि बुबा दिलीप मुखिया र आमा उमा बुधबार बिहान कोसी अस्पताल उपचारार्थ भर्ना गरेका थिए । बुवा दिलीपले भने, ूइमरजेन्समा भर्ना गरेपछि डा. आकाश यादवसहितको टोलीले चेकजाँच गरे । केहीबेरमै बच्चाको मृत्यु भएको भन्दै घर लैजान भने तर, मेरी भाउजूले बच्चा बोकेर जाँदा पेट चलेको चले जस्तो देखियो जीवितै रहेछ ।ू
मृत घोषणा गरिएकी छोरीलाई लगत्तै नजिकैको गोल्डेन अस्पतालमा लगेर उपचार सुरु गरेको र अहिले एनआईसीयूमा राखेर उपचार भइरहेको मुखियाले बताए । उनका अनुसार अहिले छोरीको स्वास्थ्य अवस्था रूपमा सुधार भइरहेको छ ।

नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र श्वास पनि नचलेको भन्दै कोसीका चिकित्सकले घर लैजान भनेको आमा उमाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

Array