काठमाडौं–
सरकारले उखुको मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ तोकेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको बिक्री मूल्य निर्धारण गरेको हो । उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
उनका अनुसार सरकारका प्रवक्तामा सूचना तथा सञ्चार मन्त्री रेखा शर्मालाई तोकिएको छ । अर्को बैठकदेखि शर्माले नै मन्त्रिपरिषद्को निर्णय सुनाउने छिन् । त्यसैगरी बैठकले दुईजना सचिवको पनि सरुवा गरेको छ ।
उखुको मूल्य प्रतिक्विन्टल ७ सय रुपैयाँ तोक्न माग गरिए पनि कृषि मन्त्रालय ५३५ रुपैयाँबाट माथि नगए पछि थप वार्ता नै नगरिएको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
सरकारले तोक्यो उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ, किसानको माग ७००

प्रतिक्रिया दिनुहोस्