उपचारमा संलग्न चिकित्सक: माओवादीका उपमहासचिव पुनको कलेजोको भाग ८० प्रतिशत भाग बिग्रिसक्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजोको भाग ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेकाले प्रत्यारोपण गरिने भएको छ । गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो ।

पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार उनको दुई महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएको छ । सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको थियो ।

अस्पतालमा पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता पुगिसकेका छन् । अस्पतालले कलेजो प्रत्यारोपणका विषयमा पुनको परिवारका सदस्य र माओवादी केन्द्रको शीर्ष नेतृत्वसँग छलफल गरिसकेको छ । प्रत्यारोपण कहाँ गर्ने भन्ने बिषयमा छलफल भइरहेको डा. शर्मा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array