रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– रिडी पावर कम्पनी लिमिटेडले बोनस सेयर वितरणपछि कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ताको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । २० मेगावाटको तल्लो बलेफीखोला निर्माण गर्न रिडी पावरले ७७ लाख कित्ता हकप्रद जारी गर्ने भएको छ । २० मेगावाटको तल्लो बलेफीखोला निर्माण गर्न रिडी पावरले ७७ लाख कित्ता हकप्रद जारी गर्ने भएको हो ।
कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्नीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्न १ बराबर १.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
संचालक समितिको बैठकले प्रस्ताव गरे अनुसार कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० का दरले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो।

सेयर जारी गर्नका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेर आगामी वार्षिक साधाणसभाबाट अनुमोदन गराउनु पर्छ।

प्रतिक्रिया दिनुहोस्

Array