कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
नेपाली कांग्रेसले सभामुख पदका लागि उम्मेदवार बनाउने भएको छ । बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकमासभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल गरेको हो । कसलाई उम्मेदवार बनाउने टुङ्गो नलगाएको भए पनि महिलालाई बनाउने तयारी गरेको जानकारी दिएको छ ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । यसबारे औपचारिक निर्णय भने पार्टीको संसदीय दलको बैठकबाट हुने छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने पार्टीले तयारी गरेको जानकारी दिएका थिए । समग्र समझदारी बन्ने अवस्था आए आफ्नो पार्टीले उम्मेदवार नउठाउने भन्दै उनले त्यो अवस्था नआए भूमिकाविहीन भएर कांग्रेस नबस्ने उनको भनाई थियो ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्