काठमाडौं– नेकपा एमालेले झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार सर्वसम्मत बनाएको छ ।
सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।
नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन । सभामुखबारे छलफलका लागि कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ । यद्यपि साना दलहरुको सहयोगमा सभामुखमा उम्मेदवारी दिनेबारे चर्चा चलेको छ ।
संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । सभामुखको निर्वाचन बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्