पीएसजी विरुद्ध रोनाल्डोले साउदी अलस्टारको कप्तानी गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौंः
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध क्रिस्टियानो रोनाल्डोले साउदी अलस्टारको कप्तानी गर्ने भएका छन् । साउदी अरेबियन क्लबका शीर्ष खेलाडीहरूले बिहीबार नेपाली समयअनुसार पौने ११ बजे साउदीको किङ्ग फहाल स्टेडियममा फ्रेन्च क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
यस खेलमा दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाइनेछ। खेललाई बेन स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ भने पीएसजी टिभीमार्फत भएको लाइभ स्ट्रिम विश्वरभर हेर्न सकिनेछ । विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन्।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: