काठमाडौं
गायक तिलकसिंह पेलाले गाएको गजल ‘के लत बस्यो’ सार्वजनिक भएसँगै चर्चामा आउन थालेको छ । यो गजल बजारमा उत्कृष्ट रहेको चर्चा चलेको छ । शब्द, संगीत र स्वरलाई लिएर गजल सर्जकहरूको प्रशंसा भइराखेको छ । गत बिहीबार गायक पेलाकै युट्युब च्यानलमार्फत सार्वजनिक गजल डा. प्रदीप मैनालीले लेखेका हुन् भने संगीत तिलकसिंह पेलाले नै भरेका हुन् ।
चार दिनमा दुई लाख ५० हजारभन्दा बढीपल्ट हेरिसकेको छ । गजल भिडियोको कमेन्टमा सर्जकहरूको खुबै तारिफ भएको छ । सामाजिक सञ्जालमा पनि गजलका शब्द र भिडियो शेयर गर्दै धेरैले यसलाई अब्बल सांगीतिक सिर्जना भनेका छन् ।
https://www.youtube.com/watch?v=OEDTv4zs1Q4
गजल
के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
साथी रहेछ दुस्ख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ
खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ


प्रतिक्रिया दिनुहोस्