काठमाडौं–सरकारले नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने निणर्य भएको छ । आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरेकी हुन् ।
कृषिमा लगानी अभिवृद्धि गरि उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०÷८१ देखि २०८९÷९० सम्म सञ्चालन गर्ने निणर्य गरेको हो । यस्तै मन्त्री साहले कृषि बीमाको रकम अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णयमा पनि हस्ताक्षर गरेकी छिन्।
कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन् । उनले आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।
कृषिमन्त्रीको निर्णय: ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा

प्रतिक्रिया दिनुहोस्