दाबी नपुगे भन्दै पल शाहलाई तनहुँ अदालतबाट सफाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– बालिका बलात्कारको आरोप लागेका पल शाहमाथि दाबी नपुगे भन्दै जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो । यसअघि जाहेरवाली किशोरीले जाहेरीलाई प्रतिकुल बकपत्र गरेकी थिइन् । फैसलाको पूर्णपाठ आउन भने समय लाग्ने जिल्ला अदालत तनहुँका श्रेष्तेदार मीन बहादुर कुँवरले बताएका छन् ।
एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहविरुद्ध मुद्दा दायर भएको थियो । यसअघि, नवलपुर जिल्ला अदालतले पनि शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुरुपयोगमा भने दोषी ठहर गरेको थियो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको थियो । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array