काठमाडौँ – नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।
सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले ३/३ वटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।
नेकपा एमालेले हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्यमन्त्री भएका छन् । यसैगरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी, संस्कृतिक पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपालीले नियुक्त भएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रममन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् ।
यस्तै राप्रपाबाट राजेन्द्र लिंग्देन सँगै ध्रुबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।


प्रतिक्रिया दिनुहोस्