यमनको अर्थतन्त्रमा सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

संयुक्त राष्ट्रसंघ – संयुक्त राष्ट्रसंघले यमनको अर्थतन्त्रमा सहयोग पुर्‍याउन सबै विदेशी दाता तथा राष्ट्रहरुसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय सहायता सम्बन्धी संयोजक तथा संयुक्त राष्ट्रसंघका उपमहासचिव मार्टिन ग्रिफिथले सो आग्रह गरेका हुन् ।

उनले सोमबार विश्वका देशहरुलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । उनले भने, म विश्व समुदायलाई हाल यमनको अर्थतन्त्रको प्रवद्र्धनका लागि गरिरहेको सहयोगमा कम्तीमा पनि दोब्बर गर्नका लागि आग्रह गर्दछु ।

युद्धग्रस्त यस देशको अर्थतन्त्र प्रतिदिन निकै कमजोर हुदै गएकाले यसका लागि सहयोग गर्न उनले सो आग्रह गरेका हुन् । संयुक्त राष्टसंघीय सुरक्षा परिषद्को सोमबारको बैठकमा उनले सो आग्रह गरेको बताएका छन् ।

यस सन् २०२३ यमनका लागि निकै कठिन वर्ष हुन सक्ने खतरा रहेको पनि उनले बताएका छन् । यहाँको अर्थतन्त्र कमजोर हुदै गएकाले यो वर्ष यमनका लागि खतरा हुनसक्ने उनको भनाई छ ।

यहाँ मानवीय सहायताको खाँचो झन् बढ्दै गएको देखिएको र सन् २०२३ मा मात्र २ करोड १६ लाख नागरिकलाई यसको खाँचो पर्न जाने पनि उनले बताएका थिए ।
सिन्हा

प्रतिक्रिया दिनुहोस्