नेपाल टेलिकमका सबै सेवा अवरुद्ध, सेवाग्राही प्रभावित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्ड लाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो ।

उपभोक्ताहरूले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमएस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरू समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

टेलिकमले अहिलेसम्म सेवा अवरुद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: