अग्नी परीक्षामा होमिने निर्णय गरेँ, खरो भएर उत्रनेछु: राजेन्द्र लिङ्‍देन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्‍देन  उपप्रधान तथा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री बन्ने भएका छन्। उपप्रधान तथा ऊर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका लिङ्देनले समर्थक तथा शुभेच्छुकहरुको ठूलो पंक्तिको असहमतिका बीच यो अग्नी परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन्।

उनले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै असम्भव जस्तो लागेपनि आफू खरोरुपमा उत्रने बताएका छन्।

लेखेका छन्,’आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु।’

सत्ता गठबन्धनमा भएको भागबण्डामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मन्त्री र १ राज्य मन्त्री पाउने सहमत भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array