राष्ट्रपति विद्या भण्डारीको कोटाबाट एमालेकी विमला राई परराष्ट्रमन्त्री बन्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेले डा.विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ। एमाले स्रोतका अनुसार परराष्ट्रमा पौडेललाई पठाउन लागिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको कोटाबाट पौडेल मन्त्री बन्न लागेकी हुन्।

पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् यस्तै एमालेका पदम गिरी स्वाथ्य तथा जनसंख्या मन्त्री बन्ने पक्का भएको छ। गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा परराष्ट्र र स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्