काठमाडौँ – मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु हुने आयोगले जनाएको छ ।
यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।
प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्