सत्ता साझेदार दलहरुबीच मन्त्रालयको बाँडफाँडमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करीव ५ घण्टा चलेको बैठकले सहमति गर्दै मन्त्रालय बाँडफाँड सकेको छ ।
अव गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने छ । त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री, राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने छ ।
स्रोतका अनुसार जसपाले २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन ।


प्रतिक्रिया दिनुहोस्