बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाई निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
सोमबार बागमती प्रदेशसभाको बैठकमा उपसभामुखमा अप्सरा चापागाई निर्वाचित भएकी छन् । सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईंले ६१ मत पाएर निर्वाचित भएकी हुन् । उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो । एमालेकी चापागाई उपसभामुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि छलफल नै भएन ।
११० सदस्यीय प्रदेशसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत पर्‍यो भने ७ जना तटस्थ बसे । २ जना भने मतदानमा सहभागी भएनन् । उपसभामुखमा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले पनि उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा ३ र विपक्षमा ६१ मत पर्‍यो भने ४४ जना तटस्थ बसे ।

प्रतिक्रिया दिनुहोस्

Array