भारतबाट पेट्रोलको मूल्य २.५१ रुपैयाँले बढेर आयो, डिजलको ३.७३ घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
भारतबाट हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन (आइओसीं) ले नेपाल आयाल निगमलाई पठाउने गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको छ । पेट्रोलको मूल्य भने लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको निगमले जनाकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ७९ डलरमा बिक्री भइरहेको छ। यस्तै नेपालमा आयात हुने ब्रेन्ट क्रुडको प्रतिलिटर मूल्य ८४ डलर हाराहारीमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबढ भएर आएको हो।

यसअघि भारतबाट नयाँ मूल्य आउँदा पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको थियो। यस्तै हवाई इन्धन भाउ पनि प्रतिलिटर १० रुपैयाँ ६१ पैसाले घटेर आएको थियो। भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले उच्च नाफा राखेर उपभोक्ताहरुलाई महँगोमा पेट्रोलियम पदार्थ बिक्री गरेको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो। दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।
मूल्य घटाएपछि अहिले पेट्रोल प्रतिलिटर १७५ र डिजल १७२ रुपैयाँमा बिक्री भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: